हिजोसम्म पक्रन तम्तयार रहेका प्रहरीलाई सल्युट हनाउन सिलवालको यस्तो छ तयारी

काठमाडौ। आउदो २१ गते प्रतिनिधि सभा सदस्य नवराज सिलवाल पहिलो संसद बैठकमा सहभागि हुनसक्ने बताइएको छ । निवर्तमान प्रधानमन्त्री र बर्तमान प्रहरी प्रमुखले पक्राउ गरेर जेल कोच्न खोजेपछि उनि अहिलेसम्म सार्वजनिक रुपमा देखा परेका छैनन् ।

राष्ट्रपति संघीय संसदको पहिलो अधिवेसन बोलाइसकेको अवस्थामा अब सिलवाल यहाँ शानका साथ आउने तयारी गरेको एमाले नेताहरु बताउछन् । हिजो पक्राउ गर्न दौडधुप गर्ने प्रहरीहरुले नै सलुट हान्ने बताइन्छ ।

सिलवाललाइ ओलीले निर्वाचन अघि गृहमन्त्री नै बनाउने बताएका थिए । तर यो सम्भावाना कम हुदै गएको बताइन्छ । माओबादी केन्द्रले गृहमन्त्रीको दाबी गर्दै आइरहेको छ । यदि सिलवाल गृहमन्त्री भएको अवस्थामा प्रहरी प्रमुखले समेत सलुट हान्नेछन् ।