भर्खरै सकिएको बैठकमा प्रधानमन्त्री ओली गरे ऐतिहासिक निर्णय

काठमाडौं । वामगठबन्धनको तर्फबाट बनेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रपिरिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले सरकारका केन्द्रमा रहने मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ ।

अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । यो अत्यन्तै ऐतिहासिक काम हो । स्थायी सरकार नबन्दा पछिल्लो दुई दशकमा १० वटा मन्त्रालयबाट ५६ मन्त्रालय सम्म बनेको थियो ।

सबैभन्दा जम्बो मन्त्री मण्डल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको थियो ।

ओलीले छरितो सरकार बनाउने गरी शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नै पारित गरेका छन् । यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।