केपि ओलिले गरे गजबको नया प्रयोग ..पूरा हेर्नुहोस

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीहरू नबनाउने योजना बनाएका छन् ।प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले सकेसम्म उपप्रधानमन्त्री नबनाउने गरेर नेताहरूसँग सरसल्लाह गरेको बताए । यस विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सामान्य परामर्श भएको उनले बताए ।

‘मन्त्रीहरू थोरै हुने भएकाले उपप्रधानमन्त्री नबनाउनेकी भनेर प्रधानमन्त्रीज्यूले योजना बनाउनु भएको छ’, नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले भने, ‘यस पटक उपप्रधानमन्त्री बन्ने छैनन् ।’ उनले भने, ‘पहिलाको सरकारमा धेरै मन्त्री थिए र पो

कार्यसम्पादन गर्न उपप्रधामन्त्री राखिएको थियो । यस पटक थोरै मन्त्रालय र मन्त्री छन् । यस्तो अवस्थामा उपप्रधानमन्त्री नबनाउने भनेर सबैतिरबाट सुझाव र सल्लाह आइरहेको छ ।’ अघिल्लो कार्यकालका बेला प्रधानमन्त्री ओलीले धेरै उपप्रधानमन्त्री बनाएको भनेर आलोचना भएको थियो । यस पटक ओलीले मन्त्रीहरूको बरीयता मिलाएर सकेसम्म उपप्रधानमन्त्री नबनाउने गरेर योजना बनाइ रहेको सल्लाहकार रिमालको भनाइ छ ।

राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारी नै दोहोरिने उनले बताए । ‘अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीफेरि पनि उम्मेदवार बन्नु हुँदैन भनेर कतै लेखिएको छैन’, प्रमुख सल्लाहकार रिमालले भने, ‘राष्ट्रपतिमा उहाँको सम्भावना धेरै छ ।’