राजेन्द्र महत्तोको छोराले पहाडकी केटि संग गर्यो बिहे …

प्यार भन्दा ठुलो केहि होइन : राजेन्द्र महत्तोको छोराले पहाडकी केटि संग गर्यो बिहे ,तराइको बेहुला, पहाडकी बेहुली अनि आशिर्वाद दिन पुगे राजेन्द्र महतो बेहुली पहाडकी । जोडी केही फरक देखिन्छ । मन मिल्यो । लगनगाठो कसियो । प्रेम र युद्धमा जे कुरा पनि जयाज हुन्छ भन्छन हो रहेछ । यती त ठिकै थियो । बिचैमा राजपा नेता राजेन्द्र महतो टुप्लुक्क आइ पुगे । लाै तनि भनेर एक क्लिक दिइहालियो ।

जतिसुकै नछुट्टीने कोसिस गरेपनि समयको अगाडी हाम्रो के लाग्थ्यो र ? समयलाई बसमा राख्न कहाँ सक्थ्यौं र हामी ? म काठमाण्डौ जानुभन्दा हप्तादिन अगाडी नै विकेश पुनेतिर गयो । विकेश लाई बिदा गर्न म बस स्ट्याण्डसम्म जान पाउने संयोग परेको थियो उध्येश्य भने काठमाण्डौको लागी आफ्नो टिकट बुक गर्नु थियो । छुट्ने बेलातिर विकेश को रुञ्चे अनुहार देखेर मेरो मन पनि भक्कानिएर आएको थियो । हामी त्याहाँ एक अर्काको अंगालोमा कसिएर बिदाईको चुम्बन साटासाट गर्न सक्ने स्थितिमा थिएनौं । केवल सजल नेत्रले एकअर्कालाई हेरेरै हामी बिदा भयौं ।

त्यसबेला मलाई कुनै गीतको अँश याद आईरहेथ्यो – ‘ समयनै ईश्वर हो समयले हिंडाउंछ तिम्रो मेरो अलग बाटो दोबाटोले छुटाउंछ ….’ तर हाम्रो परिस्थितीमा अहिले दोबाटो आएको भएपनि मिलनको दृढ संकल्प त छँदैथियो ।गाउँमा चौबिसै घण्टा विकेश संगै टाँसिएर त बस्दिनथें म फेरीपनि गाउँमा विकेश छैन भन्ने थाहा भएपछि गाउंनै शुन्य लागेको थियो मलाई । मन त्यसै बिरक्तिएर आएको थियो । एक साता मुश्किलले काटेर म काठमाण्डौ आएं । कलेज शुरु भै सकेको थियो ।

काठमाण्डौ आउनासाथ यो पटक मलाई केहि बिसञ्चो भएको भएपनि दुईदिन जती आराम गरेर ठिक भएकि थिएं । तेस्रो दिन बिहानै म कलेज जानलाई बस कुरीरहेकि थिएं मेरो नजिकै कसैले बाईक रोक्यो र म तिरै संबोधित भएर बोल्यो ,n‘ तपाईंलाई म कहिं छाडीदिन सक्छु ?’ ‘ नो थ्याङ्क्स । मेरो बस आउंछ । ‘ उ तिर खासै ध्यान नदिएर मैले भनें । उसले आफ्नो टाउकोबाट हेल्मेट उतार्दै भन्यो , ‘तपाईँ यतै कतै बस्नुहुन्छ ? निक्कैदिन भयो मैले तपाईंलाई नदेखेको ।

भेट्छु भन्ने त लागेको थियो ; आज भेटें ।” हेल्मेट उतारे पछि त्यो मान्छेलाई मैले कहाँ भेटे जस्तो कहाँ देखे जस्तो लागेको थियो । म चुपचाप उसलाई सम्झने कोसिसमा थिएं । मेरो बस आयो र म बसमा चढें । कलेज पुगुञ्जेलसम्म मलाई त्यो मान्छेले सम्झनामा पछ्याईरहयो । कहाँ देखेकि थिएं त्यो मान्छेलाई भनेर मैले सम्झनै सकिनं ।

भेट्छु भन्ने त लागेको थियो ; आज भेटें उसको पछिल्लो बाक्यले मलाई उसको बारेमा सोच्न बाध्य बनायो । मैले त कहिल्यै उसलाई भेटे जस्तो लाग्दैन , उसले मलाई कहाँ देख्यो होला र भेट्छु भन्ने लागेको होला । दिनभरी मनमा यस्तै खुल्दुली भईरहयो ।अर्कोदिन पनि बिहानै बस पर्खिरहँदा उ बाईकमै देखापर्यो ।