प्रधानमन्त्रीले मुख्यमन्त्रीको राजिनामा मागे, प्रदेश ३ को राजधानी ‘हेटौडा’ नरहने !

फागुन १४, मकवानपुर | प्रदेश राजधानी छनोटको समय नजिकिएसँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल चेपुवामा पर्नुभएको छ ।

प्रदेश राजधानीको दावी नगर्ने आन्तरीक सहमतीबाट मुख्यमन्त्री बन्नु भएका पौडेललाई पछिल्लो समय मकवानपुरमा राजधानी टिकाउन कठिन छ । मकवापनुरमा पदसँग राजधानी साटेको भन्दै सवत्र विरोध हुन थालेपछि पौडेल समस्यामा पर्नुभएको हो ।

प्रदेश राजधानिकै विषयमा कुराकानी गर्न केहि दिन अघि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । सभामुखको दौडमा रहेका पौडेलले पदसँग राजधानी साटेको भन्दै विरोध भएपछि पौडेलले मकवानपुरमा एमालेको राजिनिती जोगाउन भएपनि प्रदेश राजधानी दिन आग्रह गरेका थिए ।

ओलीसँगको भेटमा ओलीले प्रदेश राजधानी आवस्यक भए मुख्यमन्त्रीबाट राजिनामा दिन भनेको श्रोतले बताएको छ । ओलीसँगको छलफलपछी प्रदेश राजधानी सार्ने निचोड निकालिएको थियो । ओलीले हेटौडामै राजधानी चाहिने भए राजिनामा दिन भनेपछि पौडेलले प्रदेश ३ को राजधानिको लागि उपयुक्त स्थान छनोट गर्न भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितलाई आन्तरिक गृहकार्य गर्न भनेको बुझिएको छ । स्थापितले प्रदेशको केन्द्र पर्नेगरी बनेपा राजधानी सार्ने तयारी गरिएको बताइएको छ ।

अहिले सार्वजनिक गर्दा समस्या उत्पन्न हुने निस्चित भएपछि तत्काल राजधानी सार्वजनिक नगरी ४ महिनाभित्र राजधानी सार्ने तयारी छ । प्रदेशको नामाकरण पनि राजधानी सरेपछि मात्र गरिने भएको छ ।Saajasabal