चलचित्र समीक्षा “क्यापटेन”

आज फेरि म दुविधामा छु, समीक्षा लेखौँ कि नलेखौँ, कुनै चलचित्र हेर्दाहेर्दै लागिसक्छ कतिबेला समीक्षा लेखेर अरुलाई सुनाउ र कुनै चलचित्र हेर्दाको अनुभव कतिबेला यो बिर्सिएर अघि बढौँ भन्ने लाग्छ।आज ठ्याक्कै दोस्रो प्रकारको अनुभव भैराखेको छ मलाई।अनमोल केसिका पहिलको चलचित्र हेरेर उनको चलचित्रप्रती एकप्रकारको मोह त थियो,अर्को कारण केपनी थियोभने उनी नेपाली सिनेजगतका एकजाना टिकट बिकाउनसक्ने अभिनेताहुन यसमा दुइमत छैन र एउटा सिनेमा प्रेमी भएकाले साथै बलियो र लामो ईतिहास नबोकेको हाम्रो नेपाली चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्नपनी र एउटा अनमोल केसिको प्रशंसक भएकाले म चलचित्र “क्यापटेन” हेर्न काठमाडौंको ठमेल स्थित QFX Chhaya Center मा हामी दुई भाइ हेर्न गयौँ।सँधै म समीक्षा लेख्दा चलचित्रको राम्रो पक्षबाट सुरु गर्छु तर आज एकमनले होइन कमजोर पक्षबाट सुरु गर भनिरहेको छ, तरपनी म त्यो गर्दिन सबल पक्षबाटनै सुरु गर्छु,
चलचित्रको राम्रो पक्ष
*चलचित्र खेलसम्बन्धी बनाउने कोशिश गरिएको छ जुन आफैँमा सबल पक्षहो किन हो भने नेपालमा खेलको प्रगती त्यति धेरै भएको छैन, नत कसैले खेलाडी बन्ने सपना देख्ने प्रयास गर्छ यस्तो बेलामा सिनेमाजस्तो एउटा बलियो माध्यमबाट खेललाई प्रोत्साहन गरिनु राम्रो कुरा हो।
*चलचित्रको अर्को बलियो पक्षभनेको सहायक पात्रको अभिनय सरोज खनाल, बुद्वी तामाङ,विल्सन बिक्रम राई, राजाराम पौडेल,प्रसान्त ताम्राकार,सुनिल थापा आदि र विशेषगरि अनमोलको आमाको भुमिका निर्वाह गर्नुहुने सुर्यमाला खनालको अभिनयमात्र सायद दर्शकको मन जित्न सक्छ।एक झलक सिनमा देखिएका पात्र किरण केसि र राजाराम पौडेलको सिनले दर्शकलाई मज्जाले हँसाउन सक्छ।उपासना सिङ् ठकुरी र प्रीयांका एम भि को अभिनय पनि ठिकठाक हो र अनमोलको पनि केही सिनमा झल्याक झुलुक अनुहारको भाव ठिकै छ जसको बारेमा तल्तिर कुरा गर्ने छु।
अब कुरागरौँ कमजोर पक्षको
*चलचित्रको नाम किन “क्यापटेन” रहन गयो म लगायत मसंग चलचित्र हेर्नगएका धेरैले गुनासो गरे र म पनि चकित भएँ।चलचित्रमा फुटबलसम्बन्धि कुराभन्दा बढी प्रेमलाई स्थान दिइएको छ जुन कमजोर पक्ष नहुन सक्थ्यो तर चलचित्रको प्रचार गर्दा फुटबल सम्बन्धित र नेपालमा अहिलेसम्म यस्तोप्रकारको चलचित्र नबनेको, दर्शकलाई वर्ल्डकप हेरेको अनुभव हुने लगायतका कुरा भनिएको थियो यसर्थमा त यो दर्शकलाई झुक्याइएको पनि भन्न सकिन्छ।
*चलचित्रको कथा यति कमजोर छकी दर्शकले चलचित्र सुरुहुँदै पत्तो पाईसक्छ्न कि अब के हुनेवाला छ र यतिसम्मकि अन्तिममा के हुन्छ।झापाको धर्मपुरका एक फुटबल प्रेमी भुमिकामा देखिएका छन अनमोल र एउटि प्रेमिका ए होइन दुख सुखमा साथ दिने साथीको भुमिकामा छिन उपासना सिङ ठकुरी।जसरी चलचित्र झापाको ग्राइन्डबाट सुरुहुन्छ एकजना राष्ट्रिय खेलाडी बन्ने चाहाना बोकेका र खतरा खेलाडी र उनकी श्रीमती जसको भकुण्डो भनेपछी कान तातेर आउँछ , तिनै दाम्पतीका छोरा इसान खडका(अनमोल केसि) जो दुई राउन्ड जति सानोमा कुद्छन ग्राउन्डमा र ठुला हुन्छन, न त उनको फुटबलप्रतिको मोह राम्ररी देखाईएको छ न त उनको स्कुललाईफको बारेमा देखाईएको छ। अब तपाईंहरुलाई लाग्ला किन देखाउनुपर्यो स्कुल लाइफ भन्ने तर एउटा फुटबल खेल्नमन पराइने बच्चाको खेलको सुरुवात स्कुलबाट हुन्छ त्यति त जसलाई पनि थाहा छ। त्यो पनि ठिकै छ कथा अगि बढ्दै जान्छ आफ्नो बुबाले किन राष्ट्रिय खेलाडी बन्न पाएन्न भन्ने कुरा सायद इशानलाई पनि थाहा छैन अब दर्शकलाई सायद यो अनुमान लगाउन छोड्दिएका होलान निर्देशकले।त्यस्तै चलचित्रमा देखाउन खोजिएको प्रेम, इशान राष्ट्रिय खेलाडी बनेको प्रक्रिया , इसानले गोल हानेको सिनहरु सबै कल्पनामा पनि मानिसले सोच्न नसक्ने तरिकाले देखाईएको छ।

* चलचित्रको अर्को ठूलो कमजोरी चरित्र लेखन र निर्देशन दुवैमा नमज्जाले चुकेका हुन लेखक/निर्देशक दिवाकर भट्टराई।चलचित्र फुटबल खेलाडिको बारेमा भनिएको छ तर न अनमोल फुटबल खेलाडी जस्तो देखिएका छन न उनको अनुहारमा फुटबलप्रतिको मोहनै देखिन्छ,चलचित्र “कृ” मा आफ्नो चरित्रलाई न्याय दिन उनले गरेको कसरत यहाँपनी गरेकोभए सायद काम बन्थ्योपनी होला तर त्यतिपनी देखिएन।उनले बल खेलाएको, घुच्चुकमा बल अढ्याएको, गोलहान्नुभन्दा अगाडि स्किल देखाएको यी सबै कमजोर र फिक्का लाग्छ।चलचित्रको मुख्य पात्र इशानलाई पनि भनेजती न्याय दिइएको छैनभने अब चलचित्रका अरु पात्रलाई कसरी न्याय दिने ध्यान गयो होला।झन दुई हिरोइनको पात्रहरु यति कामजोर तरिकाले देखाईएको छकी उनिहरुलाई सिर्फ बिज्ञापन सामाग्रीको रुपमा राखिएको जस्तो।सायद निर्देशकले पृयांकाको चरित्रलाई काटेर उपासना को चरित्रलाई अझ मजबुत बनाएको भए सायद हुनसक्थ्यो होला तर बेकारमा दुई हिरोइनलाई राखेर पुर्णता दिन सकेनन निर्देशकले।यो ठूलो कमजोरी हो,चलचित्र “क्यापटेन” मा मात्र होइन हरेक चलचित्रम महिलाको भुमिका एकजना पुरुष अभिनेताको जोडिका रुपमा मात्र प्रस्तुत गर्नु सायद एउटा पितृसत्तात्मक सोचलाई बढावा दिनुपनी हो, यो सम्बन्धित मान्छेले बुझ्लान।

* चलचित्रको संवादपनी अर्को कमजोरिनै हो चलचित्रभरी ध्यानतान्न सफल सुर्यमाला खनालको अभिनयपनी अन्तिममा एउटा मोनोलगमा रटेर बोलेको जस्तो देखिन्छ अब अरुको संवादमा अनमोलले रक्सिपिएर मातेको अभिनय र बोलेका कुरा चलचित्र “कृ” मा पनि हामिले देखेकै हो, चलचित्रमा एउटा सिन छ जुन ट्रेलरमा पनि देखाईएको छ जहाँ इशानले एडल्ट जोक्सपनी मार्छन जुन हेर्दा हाँस उठ्दैन, खेलाडिलाई कोचले दिने हौसलापनी मैले भन्न जरुरी छैन सबैले ट्रेलर हेर्नेले आफैँ बुझिहाल्नुहुन्छ।

* गितको प्रयोगपनि गरिएको छ चलचित्र जुन असान्दर्भिक तरिकाले आउँछ जुन तपाईंले चलचित्र हेर्नुभयोभने थाहा हुन्छ जुन हेर्दा दर्शकलाई मन त पर्छ तर त्यसले चलचित्रको बिषयबस्तुलाई कत्त्तिक,डोर्‍याउँछ भान्नेकुरापनी हो, र चलचित्र फुटबलको बारेमा हो बरु एउटा टाइटल ट्र्याक भएनी फुटबलसम्बन्धि हाल्देको भए एकखाल्को फुटबल प्रेमिहरुलाई एन्थम बन्न सक्थ्यो त्यो पनि छैन, अनमोललाई र दुई हिरोइनलाई सुहाउने लुगा लगाएर हात हल्लाउन वा त्यहि हामिले अगाडीको चलचित्रमा देख्दै आएको कुराहरु गर्नलगाइएको छ, यो पनि एउटा कमजोरिनै मान्न सकिन्छ।

* VFX, यो कुराको पनि प्रयोग गर्ने कोशिस गरिएको छ जसले दर्शकलाई दिक्क लगाउने काम गर्छ। हाम्रो छिमेकी राष्ट्र भारतका चलचित्र जसमा अरबौँ लगानी लगाएर vfx को प्रयोग गरिन्छ त्यसमा त खोट देखाउन सिपालु दर्शकलाई “क्याप्टेन” को vfx लाई देखेर कस्तो भयोहोला आफैं बुझुनुहोस अलि अलि त ट्रेलर हेरेरपनी अनुमान लगाउन सकिन्छ।यस्तै अन्य धेरै कमजोरीहरुछन जुन म भन्दिन किनकी धेरैलाई यहि धेरै भैसक्यो यति लामो लेख धेरैलाई पढ्नपनि गाह्रो हुन्छ, र जतिले यहाँसम्म आइपुग्नुभयो मुरि मुरि धन्यवाद

यिसबै कुरा गरिसकेपछीपनि मैले भन्नै पर्छ अनमोल केसि एकजना सिनेमालाई बुझ्न सक्ने कलाकार हुन, उनले धेरै दर्शकलाई तान्न सक्ने क्षमता राख्छन, आफ्नै परिवारको ब्यानरबाट निर्माण भैरहेको छ चलचित्र।उनले चाहाने हो भने जस्तो निर्देशक, स्कृप्ट पनि छान्न सक्छन तर किन उनि बारम्बार त्यही कुरा चुकिरहेका छन, मैले बुझ्न सकिन।उनको फ्यानले उनिबाट धेरै आशा गरेका छन अब यो कुरा उनले सोच्नुपर्छ र अन्तिममा “क्यापटेन” एउटा ठूलो मौका थियो सबै निर्माण टिम लगायत अनमोलको लागि जुन नमज्जाले गुमेको छ।
। अब चलचित्र “क्यापटेन” हेर्नेकी नहेर्ने भन्ने दुविधामा तपाईं पर्नुभयो होला तर म यो कुरामा केही गर्न सक्दिन किनकि यो नितान्त तपाईंको व्यक्तिगत कुरा हो तर म र मेरो दाई कमल न्यौपाने दुवैजनाले चाहिँ QFX को टिकट,कफि,पपकर्न र बाइक पार्किङको गरेर जम्मा १२५० रुपैयाँ तिरेका थियौँ।😜 -Ganesh Bhattarai