के साँच्चिकै २३ सेप्टेम्बरमा पृथ्वी ध्वस्त हुन्छ त ? यस्तो छ वास्तविकता (भिडियो सहित)

काठमाडौं,१५ भदौ : आजभोली सामाजिक संजाल देखि विभिन्न टिभिज च्यानलहरुमा आगामी सेप्टेम्बर २३ तारिखको दिन पृथ्वी ध्वस्त हुन्छ भन्ने कुरा चलिरहेको छ ।

वास्तवमा कान्सपाईरिस थ्योरिस्ट्सको दावी छ कि २३ सेप्टेम्बरमा एक गृह पृथ्वीसँग टकराउने छ र यो सँगै पृथ्वीमा जीवनको अन्त्य हुने ।

यद्यपि वैज्ञानिकहरुले यस्तो कुनै पनि संभावना नरहेको बताएका छन् । ‘प्लानेट एक्स–द २०१७ अराइभल’का लेखक डेविड मीडेको दावी छ कि २३ सेप्टेम्बर २०१७ मा ‘प्लानेट एक्स’ नामबाट चिनिने एक गृह (जसलाई निबेरू भनेर पनि चिनिन्छ) पृथ्वीसँग ठोक्किने छ ।

वैज्ञानिकहरुले भने उक्त गृह अस्तित्वमा नै नरहेको बताउँदै आएका छन् । तर डेविड भने आफ्नो दावीप्रति विश्वस्त छन् ।

गोर्खाली खबरबाट