चितवन ३ मा प्रचण्ड र पाण्डेको मत परिणम यस्तो छ

मंसिर २४ –सर्वाधिक चर्चामा रहेको चितवन ३ को पछिल्लो ताजा मत परिणम सार्वजनिक भएको छ । चौतर्फी चर्चामा रहेको यस क्षेत्रमा पछिल्लो मतअपडटे अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अग्रता कायमै छ । उहाँले १७१६१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उहाँका प्रतिकोस्पर्धी राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले १२७७२ मत प्राप्त गर्नुभएको छ ।अहिले प्रचण्ड र पाण्डेको बीचमा ४३८९ मतको अन्तरको रहेको छ ।मतगणनास्थल भरतपुरको चितवन माविमा उच्च सुरक्षासतर्ककताका साथ मतगण्ना कार्य भईरहेको छ ।

मतगणनास्थलमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको छ। हिजोदेखि चितवनमा भइरहेको मतगणना निकै सुस्त भएपछि गणना टोली पनि थियो त्यसैले यतिबेला चितवनमा मतगणनाको रफ्तार बढेको छ । मत गणकहरुको संख्या बढाएसंगै मत परिणम छिटो आउँने क्रम जारी छ ।

चितवनमा करिब ७० प्रतिशत मतदान भएको थियो । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए । चितवन क्षेत्र नम्बर ३ को मतगणना यतिबेला देश कै अर्कषणको केन्द« बनेको छ ।चितवनको मतगण्नाको गति बढेसंगै क्षेत्र नम्बर ३ मा कसको पल्ला भारी होला भन्ने उत्सुकता झनै चुलिएको छ ।