पार्टी एकताको लागि एमालेबाट आयो ३ बुदे प्रस्ताव,

पार्टी एकताको लागि एमालेबाट आयो ३ बुदे प्रस्ताव,

काठमाडाैं- नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार निर्माणबारे औपचारिक र अनौपचारिक रुपमा छलफल सुरु गरेका छन् ।चुनावको नतिजासँगै दुबै पार्टीको दोस्रो र तेस्रो पुस्ताका नेताहरुले अनौपचारिक रुपमा छलफल सुरु गरेका थिए । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली माके अध्यक्ष प्रचण्डले भेटर छलफललाई औपचारिक रुपमा आगाडि बढाएका हुन् ।

एमाले नेताहरुका अभिव्यक्तिका कारण माके नेताहरु सशंकित भएका छन् । शनिबार काठामाडौँमा भएको कार्यक्रममा प्रचण्डले दुबै पार्टी मिलेकोले चुनावमा राम्रो परिणाम आएको भन्दै कसैलाई घमण्ड नगर्न भनेका छन् । प्रचण्डलको यो अभिव्यक्तिले पनि थाहा हुन्छ, माओवादी केन्द्रका नेताहरु शसंकित छन् ।

यसैबीच एमाले उपाध्यक्ष वामदेव गौमतमार्फत एकतापछिको पद मिलानबारे प्रस्ताव पठाएको छ । तीनओटा विकल्पसहितको प्रस्ताव पठाएको स्रोतले बतायो ।१. चुनावी नतिजा, संगठनको आधारका कारण पार्टी अध्यक्ष र दलको नेता दुबै ओली हुने, प्रचण्ड सहअध्यक्ष र उपनेता हुने । पाँच वर्षे सरकारको कार्यकालको आधा प्रचण्ड प्रधानमन्त्री हुने ।

२. पहिलो बुँदामा माओवादी केन्द्र तयार नभए आधाआधा कार्यकाल गर्ने । पार्टी अध्यक्ष पनि आधा र प्रधानमन्त्री पनि आधा । तर पहिलो ओली पार्टी अध्यक्षसहित प्रधानमन्त्री हुने, प्रचण्ड सहअध्यक्ष र उपनेता हुने । ओलीले आधा कार्यकाल नेतृत्व गरेपछि प्रचण्डलाई हस्तान्त्रण गर्ने ।

३. यसमा पनि सहमति नभए दुबै नेता सहअध्यक्ष हुने । तर, दलको नेतासहित प्रधानमन्त्री ओली हुने एमालेले प्रस्ताव अगाडि सारेको छ ।यो प्रस्तावलाई गौतमले आफूले मात्रै ल्याएको माओवादी केन्द्रका नेताहरुसँग बताएका छन् तर वरिष्ठ उपाध्यक्षले अगाडि सारेको पार्टीकै हुन्छ ।

यो प्रस्तावमा माओवादी केन्द्रका नेताहरुले हुँदैन भन्न सकेका छैनन् र हुन्छ पनि भन्न सकेका छैनन् । यसबारे थप छलफल गर्नुपर्ने भन्दै शनिबारको बसाई सकिएको छ ।