वाम गठबन्धन टुटाउने भारतको चलखेलसंगै माओवादीले तोक्यो राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष, के गर्ला अब एमालेले?

वाम गठबन्धन टुटाउने भारतको चलखेलसंगै माओवादीले तोक्यो राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष, के गर्ला अब एमालेले?

काठमाडौं, ४ पुस । नेकपा माओवादी केन्द्रले भावी राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षको नाम प्रस्ताव गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवारका रुपमा अघि सारेको हो । त्यस्तै, प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई र एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

‘बाम गठबन्धनको दुईतिहाई बहुमत आएसँगै हाम्रो भागमा परेको राष्ट्रपति पदमा बादल कमरेडलाई पठाउने समझदारी पार्टीभित्र भएको छ,’ ती नेताले भने ।

उनका अनुसार ओलीलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउनेमा माओवादी बैठकमा सबै एकमत देखिएका थिए ।