रोनाल्डोको टिमलाई पछि पार्दै मेसिको टिम बिजय..पुरा हेर्नुहोस

बार्सिलोनाको लागि पहिलो गोल लुईस स्वारेजले गरे । सर्जियो रोबेर्टोको सुन्दर पासमा उनले गोल गरेका हुन् । 

मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता बढाएका थिए । ६३ औ मिनेटमा रियलका डानियल कार्भाजलले बार्साको प्रहार हातले रोकेपछि रातो कार्ड पाएका थिए । सोही पेनाल्टी सदुपयोग गर्दै बार्साले खेलमा अग्रता लियो ।

१० खेलाडीमा सीमित रियलले खेलको अन्तिम मिनेटमा तेस्रो गोल सामना गर्नुपर्‍यो । ९१ औं मिनेटमा मैदान प्रवेश गरेका एलेक्स भिडालले मेसीको पासमा गोल गरेका हुन् । 

Ekantipur