जब शरीरमा ठुलो रोग लाग्छ नि, तब हामी नेपालीहरुलाई ठुलो समस्या पर्छ; घर, जग्गा, जमिन बेच्दा पनि उपचार गर्न सकिदैन। यस्तो बिजोग अवस्थामा चितवन रत्ननगर-१२ की सुस्मिता भोलन तामाङ ६ महिना देखि मृगौला पीडित हुनुहुन्छ। सुस्मिताको बुवा बितिसक्नु भयो, एकल आमाले अरुको काम गरेर घर चलाउने गर्दै आउनु भएको छ। उपचारका लागी आर्थिक अभावमा हुनुहुन्छ।

उहाँले मृगौला रोगको कारण नै आँखाको ज्योति गुमाउनु भएको करिब पाँच महिना भयो, यताउता गर्न आमाको साहारामा हिड्नु पर्ने अवस्था छ। +२ दिएर बसेकी सुस्मिता एक बर्ष पहिले मात्रै “मिस मेघा चितवन” मा पहिलो स्थान हासिल गरेकी थिइन् । तर अहिले ५/६ महिनाको अन्तरालमा नै यति धेरै स्वस्थ समस्याबाट गुज्रिरहनु भएको छ। सुस्मिताको आमाले ज्याला मजदुरी गरेर घर चलाउने कि छोरी लाई उपचार गराउने भन्ने समस्या छ, हप्तामा दुई पटक dialysis गर्न हस्पिटल लैजानु पर्ने हुन्छ।

संसार भरका मानिसहरु अहिले कोरोना भाइरसको कारणले समस्यामा छन्। देश तथा विदेश बाट सहयोग गर्ने सहयोगी दाताहरु पनि समस्यामा हुनुहुन्छ। सबै जना आफु सुरक्षित बस्ने बेला हो यो, तर उहाँहरु धेरै नै अप्ठेरोमा भएकोले अमेरिकाबाट पठाउनु भएको रकम लिएर भाग्य न्यौपाने चितवन पुगेर सहयोग गर्नु भएको छ। बिष्णु माया लो बहिनी जसको बुवा आमा दुबै जना क्यान्सर पिडित हुनुहुन्थ्यो। उहाँको सहयोगको लागी जम्मा गरेर पठाउनु भएको १६००००(एक लाख साठी हजार) रकम थियो, तर उहाँलाई पैसा पुगीसकेको हुनाले त्यो पैसा मृगौला पिडित नर बहादुर तामाङ लाई आधा दिनु भन्नु भएको र ८०००० ( असी हजार ) उहाँहरुलाई अघिल्लो भिडियोमा सहयोग गरिसकेका छौँ। बाकी रहेको ८०००० (असी हजार) चितवनमा रहनु भएको मृगौला पीडित सुस्मिता बहिनीलाई हस्तान्तरण गरेका छौँ।

विशेष धन्यवाद अमेरिकामा रहनु भएको अनिता मोक्तान लामा र उहाँहरुको ३२ जना साथीहरुलाई, जसले यति ठुलो सहयोग रकम पठाएर यी रोहि रहेका परिवार लाई आँशु पुछिदिने काम गरि दिनु भएकोमा थोरै समय निकालेर यो भिडियो हेरीदिनु होला। भिडियो हेरेर तपाई सबैलाई रोगको कारणले परिवारमा कति सम्म समस्या हुन्छ महशुस हुनेछ।
भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” वा “Tattato Khabar” मा गएर हेर्नुहोस्।