अमेरिकामा रहनु भएको डिल्ली अधिकारी र उहाँको साथीहरू मिलेर सहयोग गर्नु भएको छ। जसमा एक दुई जनालाई मात्रै हैन ६/७ हजार जनालाई राहत बितरण भएको छ। International welfare and support foundation of america र अन्य धेरै संस्थामा आबद्ध धेरै जना व्यक्तिहरु मिलेर सनिश्चरे क्याम्प र बेलडाँगी क्याम्पमा रहनु भएको भुटानी शरणार्थीहरु लाई सहयोग गर्नु भएको छ।

अमेरिकामा रहनु भएको डिल्लीराम अधिकारी लगाएत २०९ जना मिलेर 73231 Us dollar संकलन गरेर क्याम्पमा बसोबास गर्दै आउनु भएका भुटानी शरणार्थीहरुलाई
१ जना बराबर १० के.जि चामल र १००० रुपैयाँ वितरण गर्दै हुनुहुन्छ । जस्तै परिवारमा पाँच जना छन् भने ५००० रुपैयाँ पैसा र ५० के.जि चामल पाउनु भएको छ ।

जसमा दिलिप रायमाझी कृष्ण कंडेल भाग्य न्याैपाने लगाएत त्यहाँका स्थानीय युवाहरु सबै मिलेर सहयोग वितरण भएको छ। मानव सेवा नै ठुलो धर्म हो यहीँ पुण्य काममा सबैजना मिलेर राहत बितरण गरिराख्नु भएको छ।