ज्योति लाइफ इन्स्योरेन्सको बोनस ४३ देखि ७५ रुपियाँसम्म

प्रकाशित मिति : September 1, 2020


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर प्रतिहजार न्यूनतम ४३ देखि ७५ रुपियाँसम्म घोषणा गरेको छ । कम्पनिले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकन बारे कम्पनीको बिमांकबाट तयार गरिएका बिमांकीय प्रतिवेदन श्री बीमा समितिबाट ०७७/०५/१२ मा स्वीकृत भई २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफाको बीमा लेखहरूमा दिने बोनस दर प्रतिहजार न्यूनतम ४३ देखि ७५ रुपियाँसम्म घोषणा गरेको छ ।

सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपियाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपियाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपियाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपियाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपियाँ बोनस दर तोकेको छ ।

त्यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपियाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपियाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपियाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपियाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपियाँ बोनस दर तोकेको छ ।

त्यस्तै, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपियाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपियाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपियाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट