काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप २ जनाको ज्यान गएको छ ।
मुत्यु हुनेमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिला रहेको अस्पतालले बताएको छ ।
पुरुष काठमाडौं मैतिदेवीका बासिन्दा हुन । भने अर्की महिला तनहुँकी रहेको अस्पतालले बताएको छ ।
७५ वर्षीय पुरुष सुगर प्रेसर जस्ता दीर्घरोगी रहेको थिए भने महिर्ला बाथरोथ र मिर्गौलाको समस्या रहेको बताइएको थियो ।