ठेक्कामा अनियमितता आरोपमा अख्तियारमा उजुरी, राज्यलाई ४० करोड रुपैयाँ नोक्सानी

प्रकाशित मिति : September 2, 2020


काठमाडौं । ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । भक्तपुरको जिल्ला अदालतको भवन निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै उजुरी परेको हो । ठेक्का प्रक्रियामा सहभागी हुन चाहेका १० वटा आवेदकहरुलाई प्रतिष्पर्धा नगराई ठेक्का लगाइएको र त्यहाँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बिना प्रतिष्पर्धा एउटा कम्पनीलाई ठेक्का दिएको राज्यको ठूलो रकमको हिनामिना भएका भन्दै उक्त कार्यमा संलग्न भएकालाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।

ठेक्का एकलौटी ढंगले कुनै एक कम्पनीलाई दिँदा ४० करोड रुपैयाँ नोक्सानी भएको दावी गरिएको छ । अदालतको नयाँ भवन बनाउका लागि भन्दै गोरखापत्रमा प्रकाशित सूचनापछि जीआईटीसी–सप्तकोशी जेभी, कुमार श्रेष्ठ–बन्धन भागवती–जीजीपीडी जेभी, सिम्प्लेक्स–रविना जेभी, केसी–शर्मा–समानान्तर जेभीसहित १० वटाले बोलकवोलमा सहभागीताका लागि आवेदन दिएका दिए ।

भवन निर्माणका लागि १ अर्ब ३७ करोड ४३ लाख ६२ हजार ५ सय (भ्याटसहित) मूल्यांकन गरिएको थियो । तर उक्त कम्पनीले ०.५ प्रतिशत कममा मात्रै ठेक्का पाएको छ । आवेदन दिनेहरु मध्ये केहीले २५ प्रतिशतसम्म कममा भवन बनाउने कवुल गरेका छन् । केसी–शर्मा–समानान्तरलाई ठेक्का दिइएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट