राष्ट्रपति मदुरोले १०० सांसदलाई माफी दिने

प्रकाशित मिति : September 2, 2020


काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गरेको सरकारले मङ्गलबार जानकारी गराएको छ ।

माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएको छ तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ ।

मरेरो सन् २०१९ को मार्चमा पक्राउ परेका थिए ।

उनी तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो।

माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने हुनुहुन्न। तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ ।

माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा विपक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि छिन्। उनी सन् २०१७ मा राष्ट्रपतिविरूद्ध गरिएको आन्दोलनमा १२५ नागरिकको मृत्यु भएपछि राजधानी काराकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेकी थिइन् ।

ग्वेभेराले सत्ता विरोधी अभियानमा सम्लग्न भएको आभियोगमा सुनुवाइका क्रममा आफूले स्वतन्त्रताका लागि आन्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र शरण लिन नजाने बताएको सर्वोच्च अदालतले जनाएको छ ।

माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि छन् ।

यसबाहेक सजायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मुद्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ ।

यसैबीच माफीबारे विपक्षी नेता ग्वाइदोको अभियानमा सहभागी भएका कारण निर्वासनमा रहेका एक सांसद अमेरिको दे ग्राजियाले ‘मदुरो न त राष्ट्रपति हुन्, न त आफू एक अपराधी’ भनी प्रतिक्रिया जनाएका छन् ।

विपक्षी समूहले मदुरोलाई सन् २०१८ को पुनः निर्वाचनमा सत्ताको बलमा आफूलाई विजय घोषणा गरेको आरोप लगाउने गरेका छन् ।

अमेरिकी एक सर्वेक्षणले निर्वाचनमा व्यापक धाँधली भएको रिपोर्ट दिएको थियो ।

सन् २०१९ को जनवरीमा ग्वाइदोले मदुरोलाई राष्ट्रपतिको जिम्मेवारीका लागि अख्तियार नभएको भन्दै आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका थिए ।

यसलाई अमेरिका र अमेरिकाका सहयोगी करिब ५० राष्ट्रहरूले समर्थन जनाएका थिए भने रूस, चीनलगायतका देशहरूले मदुरोको समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट