काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस कोभिड १९ बाट ४० वर्षका युवकको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका उनलालाई भदौ ४ गते कोरोना पोजेटिभ देखिएको थियो ।
उनको हिजो राति पाटन अस्पतालमा अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमठ भएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
उनको आमाको कोरोनाबाटनै भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।