काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा थपिएको छ । वुधबार उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले थप ७ दिनका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाका आजै रातीदेखि अवधि सकिँदै गर्दा थप एक साताका लागि समय बढाइएको हो ।
तर काठमाडौं उपत्यकामा थप १५ दिन कफ्र्यु लगाउन उपतयका मेयर फोरमले आग्रह गरेको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यु आदेश जारी गर्न सुझाव पेश गर्न मेयर फोरमले माग गरेको थियो ।