काठमाडौं । बुधबार नेपालमा ११ सय थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज नेपालमा थप ११ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ । यो संगै जम्मा कोरोना संक्रमितको जम्मा संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ ।

यस्तै २४ घण्टामा ११ सय १२ जनाा कोरोना संक्रमण निको भएर घर फकेका छन । यो संगै जम्मा कोरोना संक्रमितको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै १ दिनमा १२ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान जानेको संख्या २ सय ५१ पुगेको छ ।