वामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, को बन्ला अर्थमन्त्री ?

प्रकाशित मिति : September 3, 2020


काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ ।

केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कार्यदलको प्रतिवेदनमाथि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको उनले बताए ।

राष्ट्रिय सभा सदस्य पदबाट र अर्थ मन्त्रीबाट डा. युवराज खतिवडा विदा हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना निकट खोज्दै छन् । उनले आफ्ना विश्वास पात्रका रुपमा अर्थमन्त्रीको खोजी शुरु गरेका छन् । आफ्नो अति निकट रहेका खतिवडालाई विदा गरेपछि परराष्ट्र मन्त्री रहेका प्रदिप ज्ञवालीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको छ ।

उता पार्टी महासचिव रहेका विष्णु पाैडेलले पनि अर्थमन्त्रीमा दावीी गरेका छन । प्रधानमन्त्री ओली र प्रचण्डविच देखिएकाे विवाद मिलाउन भुमिका खेलेका पाैडेललाई अर्थमन्त्रीकाे जिम्वेवारी दिने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट