बिभिन्न ५ वटा अस्पताल प्रदेश अस्पतालमा स्तरोन्नती हुँदै

प्रकाशित मिति : September 4, 2020


हेटौंडा । बागमती प्रदेशले प्रदेशका बिभिन्न अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नती गर्ने भएको छ । प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नती गर्न लागेको हो ।

प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले जानकारी दिनुभयो । हाल बागमती प्रदेशको तेह्र जिल्ला मध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन् । प्रदेशभित्रका सवै जिल्लामा प्रदेश अस्पताल स्थापना गरि कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।

यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष निर्बाचित सांसदको नेतृत्वमा, समानुपातिक सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरु रहने गरी अनुगमन, सहजीकरण र समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । यस्तै प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई स्वास्थ्य सामग्री, उपकरण, तथा भबन निर्माणका लागि १७ करोड रकम निकासा गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट