काठमाडौं । कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरो पक्राउ परेको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका छन ।
महिलाले मंगलबार उजुरी दिएको आधारमा छोरोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डिएसपी अमर थापाले बताए ।