बेलायतको केन्टमा रहेको एक औद्योगिक भवनमा आज आगोलााागी भएको छ ।
आज त्यहाँ विशाल आगलागी हुँदा आगोको मुश्लो आकाशमा निकै माथिसम्म पुगेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार दुईवटा विस्फोटपछि ग्यासका बोतलहरू सयौं फीट माथि उडेको देखिएको हो ।
आगो निभाउनको लागी दशवटा दमकल खटिएको बताइएको छ ।
अझै त्यहाँ आगोका लप्का र कालो धूवाँ देखिएकाले मानिसहरूलाई उक्त क्षेत्रमा जान मनाही गरिएको छ ।