चीनसँग भारतले युद्ध गरेमा अर्थतन्त्र झनै कमजोर हुनेः ग्लोबल टाइम्स

प्रकाशित मिति : September 6, 2020


काठमाडौं । भारतसँग सीमाविवाद चलिरहँदा चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले एक लेख छापेर भारतलाई चेतावनी दिएको छ । चीनसँग संघर्ष जारी राखेमा भारतले ठूलो मूल्य चुकाउनुपर्ने उसको चेतावनी छ ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘भारतका लागि वास्तविक नियन्त्रण रेखाको अग्लो स्थानमा ठूलो संख्यामा सैनिक तैनाथ गर्नु निकै महंगो पर्नेछ । हरेक दिन हतियार र सामानको आपूर्ति गर्नुपर्दा उसको आर्थिक स्थितिमा नराम्रो असर पर्नेछ । जाडो लागेपछि सेना तैनाथीको खर्च अझै बढ्नेछ । सैन्य आपूर्तिको ठूलो लागतलाई विचार गर्दा भारतले आक्रामक तेवर देखाउनु बेकार छ ।’

‘जुन १५ मा भएको सीमा संघर्षपनि मोदी सरकारले ५९ वटा चिनियाँ यापमा प्रतिबन्ध लगाएको थियो । भारतको यस्तो कदमले आर्थिक सहयोगमा हानि र्पुयाउनेछ । कोरोना व्यवस्थापन गर्न नसकेको भारतले चीनसँग सम्बन्ध बिगार्दा अर्थतन्त्रमा फेरि झड्का लाग्नेछ । सीमा विवादका कारण भारतीय वस्तुहरूका लागि चीनको ठूलो बजार बन्द हुनेछ ।’एजेन्सी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट