कामठाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मध्ये बैंक तथा वित्तिय संस्थामा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले २ सय ९१ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।
राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब २० करोड रुपैयाँ, विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।
आगामी असोज १ गतेदेखि २०७८ असार २० गतेसम्मका लागि सो बराबरको निक्षेप राख्न लागेको हो ।
यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले भदौ २३ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
