काठमाडौ । भारतले केही दिन यता नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी सैन्य अखडा बनाएको भारतले ति क्षेत्रका आकासमा लडाकु विमानले गस्ती सुरु गरेको छ । चीनसंग लद्दाकमा फेरी समस्या सुरु भएपछि भारतले केहि दिन यता उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा बनाएको छ ।
नेपाली भूभागसहित मिलम क्षेत्रमा भारतीय सुरक्षा संयन्त्रहरु उच्च सर्तकतामा रहेको र चीन सीमा नजिक भारतीय लडाकु बिमानले मंगलवार र बुधवार दुई पटक उडान भरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लिपुलेक पछि मिलम क्षेत्रमा पनि सुरक्षा बलको तैनाथी बढाइएको र लद्दाखमा चिनिया सैनिकहरुको घुसपैठ प्रयास पछि सुरक्षा संयन्त्रहरु विशेष सतर्कता अपनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले दाबी गरेको छ । एक साता देखि यस्तो सिलसिला चलेको स्थानियको भनाई छ । नेपाली आकासमा भारतका ठूल ठूला जेट र हेलिकप्टर देखिएका छन् । नेपाली बस्तीमाथि माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो भारतका हेलिकप्टरको उडान भइरहेको स्थानियको भनाई छ ।
बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती देखेपछि स्थानिय पनि डराएका छन् । धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएको देखेपछि स्थानिय डराएका हुन् ।