निषेधाज्ञा हटाउन नाडाको चेतावनि

प्रकाशित मिति : September 7, 2020


काठमाडौं । विश्वव्यापी रुपमा विश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले भाद्र ४ गते देखि लागु हुनेगरी राजधानी लगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको र देशमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगतगरी सरकारले यो निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको छ ।

यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ आफनैढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृृयाहरुको अवलम्बन गरिरहेको देखिन्छ । दक्षिण पूर्वि एशियाका केहि देशहरुले लक डाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ । उच्च गतिमा संक्रमण बढीरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लक डाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन । यहि तथ्यहरुलाई मननगरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नु पर्ने देखिन्छ।

लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको छ । यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ । आजको दिनमा लक डाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका छन् र उनिहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको छ । अव अति भयो, समयलाई बुझौ, संसारलाई नियालौ र अव काम गरौ ।

सरकारले संक्रमणबाट बच्ने शुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने हाम्रो धारणा छ । अव जनता स्वयं नै आफनो दुख्ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सभांवना प्रवल हुदै गएको छ । यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल जारी निषेधाज्ञाबारे पुर्नविचारका लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट