डा. खतिवडा बालुवाटार छिरेपछि सेयर बजारमा गिरावट, २ अर्ब १६ करोडको कारोबार

प्रकाशित मिति : September 7, 2020


काठमाडौं । सेयर बजार दैनिक रुपमा ओरोला लाग्दै गएको छ । साताको पहिलो दिन ओरालो लागेको बजार दोस्रो दिन सोमबार पनि बजारमा गिरावट आएको छ ।

सेयर बजारमा गिरावट आउनुमा अर्थमन्त्रीको टुंगो नलाग्नुले पनि विश्लेषकहरुले बताएका छन् । केहिदिन अघि मात्रै अर्थमन्त्री डा.युवराज खतिवडाले राजिनामा दिएपछि अर्थ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली स्वयम आफैले सम्हालिरहेका छन् । यसले गदा सेयर बजारमा गिरावट आएको विज्ञहरुले बताएका छन् ।

त्यस्तै खतिवडाले राजिनामा दिएपछि पनि प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार बन्ने चर्चाले पनि केहि प्रभाव परेको बताईएको छ ।त्यस्तै हिजो प्रधानमन्त्री ओलीले ब्यापारी तथा उद्योगीहरुसंगको छलफलको क्रममा डा. खतिवडालाई विशेष भूमिकामा राखेर छलफल गर्दाले पनि असर परेको अनुमान गरिएको छ ।

सोमबार नेप्से परिसूचक १२.१७ अंक घटेर १४८७.८१ विन्दुमा झरेको ने्रप्सेले जनाएको छ । सोमबार सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेर २९८.६४ विन्दुमा झरेको छ । आज दिन १९२ कम्पनीको २८ हजार ७८ पटकको कारोबारमा २ अर्ब १६ करोड ४९ लाख ३० हजार रुपैयाँ बराबरको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज ३ कम्पनी उन्नती सहकार्य लघुवित्त, यूनिर्भसल पावर कम्पनी र जोशी हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य निरन्तर दोस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ४८ रुपैयाँ घटेर ४३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.४८ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट