काठमाडौं । पछिल्लो समय कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणका लागि लगाईएको लकडाउन र निषेधाज्ञाका कारण पोल्ट्रि दैनिक करोडौं घाटा व्यहोर्नु परेको व्यवसायीले बताएका छन् ।
नेपाल पोल्ट्रि व्यवसायी महासंघले लामो समयदेखीको लकडाउन र निषेधाज्ञाका कारण पोल्ट्रि व्यवसायमा दैनिक २० करोड भन्दा बढी घाटा व्यहोर्न बाध्य भएको जनाएको छ ।
हप्तामा ४० लाख ब्रोईलर चल्ला उत्पादन र पूर्ति हुने गरेकोमा अहिले भने आधा मात्रै चल्ला उत्पादन गर्ने गरेको र सो चल्ला समेत बजारमा खपत नहुँदा गाड्नुपरेको महासंघका महासचिव दिनेश राज मिश्रले बताएका छन् ।
समयमै दाना आपूर्ति समेत नहुँदा पोल्ट्रि व्यवसाय नै धरापमा परेको व्यवसायीले बताएका छन् ।