काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्को तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानको ७.९ प्रतिशतले खस्किएको छ । आर्थिक वर्षको दोस्रो क्वाटर जुनदेखि अप्रिलको मंगलबार सार्वजनिक भएको तथ्यांकले जापानको आधुनिक इतिहासकै ठूलो गिरावट आएको छ ।
सन् १९८० देखिको तथ्यांकका आधारमा सन् २००८ को फाइनान्सियल क्राइसिभन्दा जापानको अर्थतन्त्रमा ठूलो संकुचन देखिएको हो । ब्लुमबर्गका अनुसार अर्थविद्हरुले दोस्रो क्वाटरको घाटा अनुमान ३.७ प्रतिशत गरेका थिए । तर, अनुमानभन्दा झण्डै दोब्बर घाटा देखिएको छ ।