हामी सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौंः प्रधानमन्त्री

प्रकाशित मिति : September 8, 2020


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन ।

आज ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सन्देश दिँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेकाले यस्तो संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गरेका छन ।

विधालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवन उपयोगी शिक्षाका अवसर प्रदान गर्दै जीवनपर्यन्त सिकाइका अवसर जुटाउने विषयसमेत सरकारको प्राथमिकतामा रहेको जनाउँदै यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको अवगत बताए ।


प्रधानमन्त्रीको सन्देशमा “साक्षर तथा साक्षरोत्तर कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ र सामुदायिक अध्ययन केन्द्रको परिचालनबाट टोलटोलसम्म यी कार्यक्रम पुर्याउन सम्भव भएको छ” भनिएको छ “अर्कातिर आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दो पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।”

हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भएसकेका छन् । आगामी दिनमा बाँकी रहेका जिल्लाको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट