नेप्से ७.३५ अंक बढ्यो, १ अर्ब ७९ करोडको कारोबार

प्रकाशित मिति : September 8, 2020


काठमाडौं । नेप्से परिसूचक मंगलबार ०.४९ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.८३ अंकले बढेर २९९.४७ विन्दुमा पुगेको छ । यस दिन १९० कम्पनीको २३ हजार २९७ पटकको कारोबारमा १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ४१ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

मंगलबार ५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने १ कम्पनीको नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

मंगलबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.७४ प्रतिशत, जलविद्युतको १.९७ प्रतिशत र अन्यको १.२७ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ्ग र होटल उपसमूहको परिसूचक क्रमशः ०.२४ प्रतिशत र ०.३३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट