लद्दाखको सीमा क्षेत्रमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप

प्रकाशित मिति : September 8, 2020


लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ।

बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ।

उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए।

प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकहरूले हावामा गोली हानेको उसको दाबी छ।

गत राति चिनियाँ सेनाले भारतीय सैनिकहरूले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो।

विश्लेषकहरूका अनुसार सन् १९७५ पछि उक्त क्षेत्रपछि सीमामा गोली चलेको यो पहिलो पटक हो।

के भन्छ भारतीय सेना ?

भारतीय सेनाले आफ्नो एउटा वक्तव्यमा भनेको छ, “सेप्टेम्बर ७ सोमवार चिनियाँ सेना (पीएलए) का सेनाहरूले “लाइन अफ एक्चूअल कन्ट्रोलु एलएसीस्थित भारततर्फ बढ्ने कोसिस गरेका थिए।”

“हाम्रा सैनिकहरूले उनीहरूलाई त्यहाँबाट लखेटे, उनीहरूले हावामा गोली चलाएर हाम्रा सैनिकहरूलाई तर्साउन खोजे।”

उसले चिनियाँ फौजले उक्साहटपूर्ण कार्य गरे पनि भारतीय सैनिकहरू संयमित भएको र परिपक्व एवम् जिम्मेवार व्यवहार गरेको जनाएको छ।

भारतीय सेनाले चीनका वेस्टर्न थिएटर कमान्डले वक्तव्यमार्फत् आफ्नै देशभित्र र अन्तर्राष्ट्रिय जगत्‌लाई झुक्याउने प्रयास गरेको आरोप पनि लगाएको छ।

के भन्छ चीन ?
सन् १९९६ भएको एउटा सम्झौताअनुसार दुवै देशहरू विवादित मानिएको एलएसीमा हतियार प्रयोग गर्न पाउँदैनन्। तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपहरू हुने गरेका छन्।

चिनियाँ सरकारी समाचारसंस्था ग्लोबल टाइम्सका अनुसार भारतीय सेनाहरू “अवैध रूपमा एलएसी पार गरेर चिनियाँ भूभागमा प्रवेश गरेका थिए।”

पीएलएका एक प्रवक्तालाई उद्धृत गर्दै उसले यस्तो विवरण दिएको हो।

दुई देश विवाद साम्य पार्न के गर्दैछ ?
भारत र चीनबीचको पछिल्लो विवाद भारत र चीनका विदेशमन्त्रीबीच भेटघाट हुने बेलामा देखा परेको हो।

भारतीय विदेशमन्त्री एस जयशङ्कर मङ्गलवार चारदिने भ्रमणका लागि मस्को जाँदैछन्।

उनी साङ्घाई सहयोग सङ्गठनका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुनका लागि रुस जान लागेका हुन्।

आठ सदस्य रहेको साङ्घाई सहयोग सङ्गठनमा भारत र चीन दुवै सदस्य छन्।

यो बैठकका क्रममा जयशङ्करले चिनियाँ समकक्षी वाङ यीलाई भेट्ने खबर आएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार मस्को जाने क्रममा जयशङ्कर तेहरानहुँदै जाने र त्यस क्रममा इरानी विदेश मन्त्रीसँग पनि भेटघाट गर्ने सम्भावना भएको बताइन्छ।बीबीसी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट