कक्षा १२ को परीक्षा चरणबद्ध रूपमा गर्ने, यस्तो छ तयारी

प्रकाशित मिति : September 8, 2020


काठमाडौं । कोरोना भाईरस संक्रमण बृद्धि भईरहँदा राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा चरणबद्ध ढंगले गर्ने बताएको छ । यसको न्यूनिकरण तथा रोकथामको टुंगो नलाग्नेदेखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी चरणबद्ध ढंगले गर्ने सुझाबसहितको प्रतिवेदन बुझाएको छ ।

ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने, अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने देखिएकाले परिक्षाको विकल्प निकालिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

यस्तै, विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र पठाउने र घरमै बसेर उत्तर लेखेपछि उत्तरपुस्तिका विद्यालयमा बुझाउने ओपन बुक प्रणाली प्रस्ताव गरिएको छ ।

विद्यालयमै परीक्षा लिँदा भिड हुने भएकाले यो विकल्पमा सरोकारवालाहरू एकमत देखिएका छैनन् । धेरै विद्यार्थीसँग इन्टरनेट सुविधा नभएको, भएकाहरूसँग पनि गुणस्तरीय सेवा नभएका कारण अनलाइन प्रणालीको परीक्षालाई त्यति धेरै प्राथमिकता दिइएको छैन ।

पहिलो चरणमा हिमाली जिल्ला र ५० भन्दा कम विद्यार्थी भएका विद्यालयमा परीक्षा गर्ने, दोस्रो चरणमा ‘एल्लो जोन’मा परेका दुई सयभन्दा कम कोरोना संक्रमित भएका जिल्ला र १ सयदेखि २ सय विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्ने र तेस्रो चरणमा दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालय पर्नेछन् । कक्षा–१२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट