काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज बढेको छ । बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज ६ सयले बढेर सुनको भाउ तोलामा ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ थियो छ ।
त्यस्तै चाँदीको मुल्य आज ५ रुपैयाँ बढरे तोलाको १ हजार ३ सय १५ रूपियाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी १ हजार ३ सय १० मा कारोबार भएको थियो ।