काठमाडौं । प्रहरीको बर्दीभित्र कोरोना फैलिरहेको छ । सुरक्षा र उद्दारमा अग्रभागमा खटिनुपर्ने सुरक्षाकर्मीभित्र कोरोना तिब्र गतिमा फैलिरहेको छ । हालसम्म देशभर ४ हजार सुरक्षाकर्मी संक्रमित भैसकेका छन ।
पछिल्लो समय कोरोना संक्रमितलाई सुरक्षित बनाउन खटिएका प्रहरुीमै कोरोना भयवह रुपले फैलिरहेको छ । हालसम्म नेपाल प्रहरीका २ हजार ३१७ जनामा कोरोना देखिएको छ । हालसम्म प्रहरीका २ उच्च तहका अधिकारीमा पनि कोरोना देखिएको छ ।
काठमाडौं उपत्यकामानै नेपाल प्रहरीका २ डिएसपी सहित ८ सय जना प्रहरीमा कोरोना देखिएको छ ।