काठमाण्डौ – चितवनमा विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी मात्र गाडी चलेको छ ।
आज बिहान कालीखोला आसपास मुसलधारे पानी परेको थियो । त्यसपछिरामनगर र तीन किलोमा पहिरो र पहिरोकोलेदो झरीरहेकोले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ ।
साना–साना खोल्सा पनि पानी परेसंगै गाडी वारपार गर्न समेत कठिन भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।