अमेरिकी युद्धबाट २० बर्षमा विश्वका करिव ५ करोड मानिस विस्थापित

प्रकाशित मिति : September 9, 2020


काठमाडौं । ११ सेप्टेम्बर २००१ यता अमेरिकाले आतंकवादविरुद्ध भन्दै सुरु गरेको विभिन्न युद्धबाट विश्वका कम्तीमा ३ करोड ७० लाख मानिस विस्थापित भएको एक अध्ययनले देखाएको छ । सन् १९०० यता दोस्रो विश्वयुद्धबाहेक यति धेरै मानिस कुनै पनि युद्धमा विस्थापित भएका थिएनन् ।

ब्राउन युनिभर्सिटीले गरेको यो यस्तो खालको पहिलो अध्ययन हो । अध्ययनले सो अनुमान न्यूनतम भएको भन्दै अमेरिकी युद्धका कारण विस्थापित हुनेहरुको वास्तविक संख्या ४ करोड ८० लाखदेखि ५ करोड ९० लाखबीच रहेको जनाएको छ । अफगानिस्तान, इराक, पाकिस्तान, यमन, सोमालिया, फिलिपिन्स, लिबिया र सिरियाबाट विस्थापितको संख्या मात्रै ३ करोड ७० लाख भएको अध्ययनको निष्कर्ष छ ।

यसमा अमेरिकी सेनाको संलग्नतामा भएका ससाना युद्धबाट विस्थापित भएकाहरुको संख्या उल्लेख छैन । उसो त अमेरिकी सेनाको संलग्नतामा बुर्किनो फासो, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, माली, नाइजर, ट्युनिसियालगायतका मुलुकबाट पनि लाखौँ मानिस विस्थापित भएका छन् ।

विस्थापितमध्ये अढाइ करोड मानिस आफ्नो बासस्थान फर्किएपनि तिनको पीडा नमेटिएको अध्ययनमा उल्लेख छ ।

सन् २००२ मा अमेरिकाले सेना पठाएपछि सोमालियाको झण्डै आधा जनसंख्या ९४६ प्रतिशत० विस्थापित भएको थियो । सन् २००१ मा अमेरिकामाथि अल कायदाले गरेको आक्रमणपछि अमेरिकाले कम्तीमा २४ मुलुकमा आफ्नो सैनिक पठाएको थियो। त्यसमध्ये कतिपय युद्ध २० वर्षसम्म पनि लम्बिएका छन् । यी युद्धमा लाखौँको ज्यान समेत गएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट