काठमाडौं । नेपाल यातायात व्यावसायी महासंघले अशोज १ गतेदेखी देशव्यामपी सवारी साधन संचालन गर्ने निर्णय गरेको छ । व्यावसायी र ३ ओटै मजदुर संघ/संगठनका प्रतिनिधि सम्मिलित बैंठकले मजदुरहरु भोकै मर्ने अवस्था आउन लागेको भन्दै सवारी संचालन गर्नें निर्णय गरेको हो ।
आगामी अशोज १ गतेबाट लामो तथा छोटो दुरीका सबै सवारीसाधन संचालन गर्ने निर्णय भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका उपमहासचिव रवि रिमालले जानकारी दिए । उनले भने ‘मजदुर भोको बस्ने अवस्था आयो सरकारले तोकेका सुरक्षाको मापदण्ड बनाएर सबै सवारी संचालन हुनेछ ।ʹ रिमालले भने अशोज १ गतेबाट सबै सार्वंजनिक सवारी संचालन गर्ने सहमती भएको छ ।
बुधबार यातायात क्षेत्रसंग संबन्धीत तीनवटै मजदुर संगठनका प्रतिनिधिबीच र महासंघको छलफल भएको थियो । यस बारेमा सरकारले कुनै धारणा दिएको छैन । राजधानी लगायत देशभर कोरोनाको संक्रमण बढेको भन्दै स्थानिय प्रशासनले लकडाउन र निषेधाज्ञा जारी गर्दै आएका थिए ।
गत भदौं ४ गतेसम्म केही सार्वजनिक यातायात चलेपनि सरकारले पुन देशव्यापी बन्द गरेको थियो । व्यावसायीहरुले सरकारसंग राखेका माग र पुर्नकर्जाको विषयका बारेमा पनि छलफल भएको रिमालले जानकारी दिए । ६ महिनासम्म ग्यारेजमा थन्किएका सवारीमा खिया लागेका छन । मर्मत गरेर संचालनको तयारी भएको रिमालले बताए ।