अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट

प्रकाशित मिति : September 9, 2020


काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपति अमुरुल्लाह सलेहलाई निशाना बनाएर गरिएको बम विस्फोटमा १० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानका पूर्व गुप्तचर विभाग प्रमुखसमेत रहेका सलेहको हात र मुख जलेको छ । केही भिडियो फुटेजहरुमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिएको छ ।

तालिबान र अफगानी अधिकारीहरुले पहिलो पटक औपचारिक वार्ताको तयारीमा भएकोबेला उक्त विस्फोट भएको छ ।

उपराष्ट्रपति सलेहलाई तालिबानको एक कट्टर विरोधीको रुपमा मानिएको छ । यसअघि पनि उनलाई कयौं पटक मार्ने प्रयास भएकोमा उनी बाँच्न सफल भएका थिए । गत वर्ष पनि सलेहलाई निशाना बनाएर गरिएको विस्फोटमा २० जना मारिएका थिए ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्विटमार्फत आफ्नो लडाकूहरु उक्त विस्फोटमा संलग्न नभएको बताएका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता तारिक अराइनले उक्त विस्फोट उपराष्ट्रपतिलाई निशाना बनाएर गरिएको बताएका छन् । उनले उक्त विस्फोटमा १० सर्वसाधारणको मृत्यु भएको पनि पुष्टि गरिएका छन् ।

त्यसैगरी उपराष्ट्रपति सलेहसहित १५ जना घाइते भएका छन् । घटना लगत्तै अस्पताल पुगेर राष्ट्रपति असरफ घानीले पनि घाइतेहरुलाई भेट गरेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट