काठमाडौं । काठमाडौ उपत्यकामा ३ सातादेखी जारी निषेधाज्ञा खुकुलो बन्ने भएको छ । बुधबार रातिदेखी जारी निषेधाज्ञाको समय सकिएपछि उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीकहरुको बैठकले बनाउने निर्णय भएको छ ।
स्थानिय प्रशासनका अधिकारीहरु र गृह मन्त्रालयका अधिकारीहरुको बैठकले जोर विजोर प्रणालीको आधारमा सवारी संचालन हुने बताइएको छ ।

खुला हुने क्षेत्र
सवारीलाई जोर विजोरमा चलाउन पाइने छ ।
दैनिक उपभोग्य खाद्य समानका पसल, तरकारी तथा माछामासुका पसल पनि समय तोकेर सञ्चालन गर्न दिने ।
प्राइभेट कार्यालय, उद्योग, कल लकारखाना स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न पाइने ।
बन्द हुने क्षेत्र
सिनेमा हल, होटल रेष्टुरेन्ट, क्लब तथा अन्य मनोरञ्जन स्थल बन्द गरिने छ ।