कोरोना बिरुद्ध जनचेतना फैलाउन राजनैतिक दलहरु चुकेका छन्ः प्रमुख खुलाल

प्रकाशित मिति : September 10, 2020


मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना बिरुद्धमा समुदायमा जनचेतना फैलाउने कुरामा राजनैतिक दलहरु चुकेको बताउनुभएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका–१३ मा कोराना संङक्रमण रोकथाम सम्बन्धी सरोकारवालाहरुविच आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समुदायमा सचेतना फैलाउन कार्यकर्ता परिचालन गर्ने कुरामा राजनैतिक दलहरु चुकेको बताउनुभयो ।

उहाँले हरेक घरमा राजनैतिक दलका कार्यकर्ताहरु रहेको भन्दै सचेतना फैलाउन त्यो भन्दा राम्रो विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो “महामारीका बेला राजनैतिक दलका कार्यकर्ता सबै भन्दा राम्रो माध्यम बन्न सक्ने हुँदा कार्यकर्तालाई आफ्नो टोल छिमेकमा सचेतना फैलाउन पाट्रिका तर्फबाट निर्देशन गर्न सक्थ्यो । तर, त्यसमा राजनैतिक दलहरु चुकेका छन् । कोरोनाका बारेमा फैलिएका भ्रम र यथार्थ लाई चिर्ने र समुदायमा उत्पन्न हुने विभिन्न बिकृतिलाईलाई निरुत्साहित गर्न पार्टीहरुले आफ्ना कार्यकर्ताको माध्यमबाट धेरै कुरा गर्न सक्ने हुनाले कार्यकर्ता परिचालन गरेर जनचेतना फैलाउनुका साथै, अन्य थुप्रै काम गर्न सक्थ्यो तर रानैतिकदलहरु त्यहाँनिर चुकेको उहाँले बताउनुभयो ।

सकेसम्म कमभन्दा कम मानिसमा यसको सङ्क्रमण फैलिने गरी नियन्त्रण गर्न नागरिकलाई सचेत गराउँदै सधैभरी बन्दाबन्दी कायम राखेर मात्र नहुने हुँदा नागरिकको आवागमन, व्यवसाय र जनजीवनलाई सजह बनाउँदै लानु पर्ने उहाँले बताउनुभयो । उहाँले निश्चित भौतिक दूरी अपनाएर, मास्क र स्यानिटाइजरको प्रयोग गरेर आफ्नो काम सञ्चालन गर्नु पर्ने भन्दै आम नागरिकलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्डबारे सचेत गराएर अगाडि बढ्नु पर्ने बताउनुभयो । यस्ता काममा पार्टीका कार्यकर्ताहरुले जनचेतना फैलाउनको लागि माध्यमको काम गर्न सक्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट