काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हात कमाउदै सो पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा शिफारिस गर्नुपर्ने अवस्थाको सृजना भईरहेको छ। पार्टी भित्रको समीकरणका कारण यस्तो अवस्था सृजना भएको छ। यदि गौतम ओलीसंग भड्किए भने पार्टि भित्रको शक्तिसन्तुलनमा असर पर्ने पक्का छ। यस बिषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
बालुटारमा यस बिषयमा छलफल भएपनि ठोस निष्कर्ष निस्केको छैन। प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटवार्ता स्थायी कमिटी बैठकका एजेण्डामा केन्द्रित रहेको बताइएको छ । दुई अध्यक्षबीच नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयसमेत छलफल भएको बताइएको छ । नेकपा स्थायी कमिटी बैठक भोली भदौ २६ गते बस्दैछ । असार १० देखि सुरू बैठक गैर एजेण्डा प्रवेश गरेपछि पटक पटक स्थगित भएको थियो ।

पछिल्लो समय गत साउन १३ देखि अनिश्चितकालका लागि स्थगित गरिएको बैठक भदौ २६ गते बोलाइएको हो । सो बैठकमा पार्टी विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन पेस हुनेछ । स्थायी कमिटीबाट पारित भएपछि मात्र सो प्रतिवेदन कार्यन्वयनमा जानेछ । यद्यपी गत फागुन १४ गतेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय सम्भवतः भोलि बस्ने क्याबिनेट बैठकमा एजेण्डा बन्ने सम्भावना बढेको स्रोतले बतायो ।
स्रोतका अनुसार भोलिको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सांसदमा मनोनितको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ । त्यही क्रममा निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई समेत नयाँ जिम्मेवारी दिइने सम्भावना पनि उत्तिकै छ । तर सो बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेक बालुवाटारको किचेन क्याबिनेटका अन्य सदस्य नेपालमै कुनै जिम्मेवारी दिन अनिच्छुक देखिएकाले बैठकले यसै गर्ला भन्न सकिन्न ।
प्रधानमन्त्री जसरी पनि खतिवडालाई अर्थ मन्त्रालयको काम हेर्न मिल्ने गरी जिम्मेवारी टाँसो लगाउने पक्षमा देखिएका छन् । तर, झण्डाबिना उनको चाहना बालुवाटारमा भन्दा सात समुन्द्रपारिको जिम्मेवारीतिर ढल्किएको बताइन्छ ।
अर्थमन्त्रीको जिम्मेवारीबाट रातारात हात धुन बाध्य बनाउनेमा बालुवाटार किचेन क्याबिनेटका प्रभावशाली तीनजना नेताहरुको हात रहेको खतिवडाले आफ्नो अनौपचारिक अभिव्यक्तिमा दिदै आएका छन् । खतिवडाले प्रधानमन्त्रीको निकट्ताको फाईदा उठाउदै राजदूत तर्फ आँखा लगाएको बालुवाटार स्रोतले बतायो।