काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण बालबालिका स्कूल जान नपाउदा विश्वव्यापी आर्थिक वृद्धिमा यो सताब्दीको बाँकि समयमा औसतमा १.५ प्रतिशतले कमी आउने पेरिसमा रहेको आर्थिक विकास र सहयोगका लागि संगठन (ओईसीडी) ले जनाएको छ । आर्थिक वृद्धिको मापक मानिने कुल गाहर््स्थ्य उत्पादनमा हुने क्षतीले अमेरिकामा मात्रै १५३ खर्ब डलरको क्षती हुने अन्तर सरकारी आर्थिक संगठनले जनाएको छ ।
तेस्रो पक्षलाई उद्र्धृत गर्दै मंगलबार प्रकाशित भएको ओइसीडी तथ्यांकले विद्यार्थीले स्कूले जीवनको एक तिहाई समय गुमाउनाले दीर्घकालिन अवधिमा विश्वव्यापी अर्थतन्त्रमा असर पार्ने उल्लेख छ ।
कक्षा कोठामा बिताउने समय गुम्नाले सीप पनि गुम्ने आधारमा यो अनुमान लगाइएको हो । यसले दीर्घकालिन अवधिमा उत्पादकत्वमा नकारात्मक प्रभाव पार्नेछ । परिणाम स्वरुप स्कूल छुट्नाले सम्बन्धित मुलुकको हालको जीडीपीमा ६९ प्रतिशतको क्षती हुने ओईसीडीले जनाएको छ ।