काठमाडौं । मालपोत कार्यलय आजदेखि खुल्ला भएको छ । ४ गतेदेखि लगाईएको निषेधाज्ञा सरकारले आजदेखि खुकुलो बनाउने निर्णय गरेको छ ।
मालपोत कार्यलयल गत साउन २८ गतेबाट कोरोना संक्रमणको दर बढ्दै गएपछि बन्द भएको थियो ।आज कार्यलय खुलेपनी कारोबार भने आइतबारबाट मात्र हुने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।
आइतबारबाट भने स्थानीय तथा वडामा विभाजन गरेर आलोपालो प्रणालीमा निरन्तररुपमा घरजग्गा कारोबार खुल्ला गर्ने निर्णय भएको उनले बताएका छन ।