एसिड आक्रमण गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : September 10, 2020


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् ।

त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएकाे छ । यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि उहाँले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएकाे छ । उहाँले अपराधीकाे सम्पत्ती राेक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपाेषण गर्ने, पीडितलाई छिटाे अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताउनु भयाे । देशभरि एसिड अाक्रमणका घटनाहरूमा परेेकामध्ये १२ जना पीडितहरू सहभागी आजकाे विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारकाे प्रबन्ध मिलाउने , पीडितहरूकाे सम्पूर्ण खर्च सरकारले बेहाेर्ने र नियमित प्रयाेग गर्नुपर्ने औषधिकाे खर्च समेत सरकारले गर्ने घाेषणा गर्नुभएकाे छ । आक्रमणकापछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनकाे प्रबन्ध सरकारले गर्ने उहाँले बताउनुभयाे । साथै, उचित तालीम, राेजगारी, व्यवसाय र जिविकाकाे प्रबन्ध सरकारले मिलाउने समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भयाे । प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्राेत्साहित गरिने बताउनु भएकाे छ ।हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दकाे जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उहाँले सबैलाई आह्वान गर्नुभएकाे छ ।सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्ताे पीडा कसैले भाेग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गर्नुभएकाे छ । नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेकाे बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट