प्रभु बैंक र सरकारी डक्टर्स एशोसियशनविच बैंकिङ्ग साझेदारी सम्झौता

प्रकाशित मिति : September 10, 2020


काठमाडौं । प्रभु बैंक र सरकारी डक्टरहरुको संगठन सरकारी डक्टर्स एशोसियसन विच प्रभु बैंकसँग बैंकिङ्ग साझेदारी गरी प्रभु बैंकमार्फत् बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रभु बैंकको प्रधान कार्यालय बबरमहल, काठमाण्डौमा आज एक समारोहविच सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन र सरकारी डक्टर्स एशोसियसनका तर्फबाट अध्यक्ष डा रबिन खडकाले हस्ताक्षर गरेका छन ।

अब प्रभु बैंक सरकारी डक्टर्स एशोसियसनको आज सम्पन्न सम्झौता बमोजिम प्रभु बैंक र सरकारी डक्टर्स एशोसियसनको आधिकारिक बैंकको रुपमा रहनेछ ।

सरकारी डक्टर्स एशोसियसनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकबाट गर्ने सम्झौतापत्रमा उल्लेख गरीएको छ ।

सरकारी डक्टर्स एशोसियसनको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंक लि. को जुनसुकै शाखाकार्यालयबाट विना झण्झट सर्वसुलभ रुपमा विभिन्न खाता खोली बैंकिङ्ग कारोबार गर्न सक्नेछन् ।

उक्तखाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन् । यसका साथै सहुलियतब्याजदरमा घरकर्जा, सवारी साधनकर्जा, शैक्षिककर्जा, प्रोफेशनलकर्जा तथादैनिकउपभोग्य वस्तु खरिद कर्जा लगायतकाकर्जा सुविधाहरु समेतप्राप्तगर्न सक्नेछन् ।

सो सम्बन्धी सेवाप्रवाह सम्बन्धमाआवश्यकजानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधानकार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट