काठमाडौं । प्रदेश नं १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय सरकारलाई १ करोड १० लाख रुपैयाँ दिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो ।
कुन पालिकाले कति रुकम पाए
मोरङ्गका सुनवर्षी र रतुवामाई नगरपालिका १० लाख
धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५ लाख
चौदण्डीगढी नगरपालिका १० लाख
गौरीगञ्ज र कमल गाउँपालिका ५ लाख
कुन अस्पतालले कति रकम पाए
इलाम अस्पताल १० लाख
उदयपुर अस्पताल १५ लाख
त्यस्तै झुम्का कारागारलाई १० लाख रुपैयाँ पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी रु १० लाख
प्रदेश प्रहरी कार्यालय १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।