अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

प्रकाशित मिति : September 11, 2020


काठमाडौँ। सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

सो छलफलपश्चात् पर्यटनमन्त्री भट्टराईका अनुसार पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी थप उडान अनुमति प्रदान गरिने निर्णय भएको छ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने भएको छ ।

नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान थपिने भएको छ । यसरी अन्तर्राष्ट्रिय उडान थप गर्दा अहिले बढीमा ८०० को सङ्ख्यामा विदेशबाट आइरहेकामा यो सङ्ख्या दैनिक तीन हजारसम्म पुग्ने सरकारको अनुमान छ ।

आन्तरिक उडान पनि खोलिने

बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिनुभयो । जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उहाँले जानकारी दिनुभयो ।

असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उहाँले सङ्केत गर्नुुभयो ।

मन्त्री भट्टराईका अनुसार सुरुमा कोभिड सङ्क्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै उहाँले अहिले विदेशबाट फर्किन चाहेका नेपाली र कूटनीतिक नियोगका लागि मात्र उडान अनुमति दिएकामा अब विदेशी कामदारलाई पनि खुला गर्ने विषयमा कुरा भइरहेको जानकारी दिनुभयो ।

सीसीएमसीमा मन्त्री भट्टराईले पठाएको प्रस्तावमा विदेशी पर्यटकलाई पनि नेपाल आउन दिने विषय समेटिएको छ । उहाँका अनुसार सरकारको जोड आन्तरिक पर्यटनमै रहेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोभिड सङ्क्रमण कम भएपछि सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई हप्तामा दुई दिन बिदा गरौँ भन्ने प्रस्ताव पनि राखेको उहाँले जानकारी दिनुभयो । त्यसो भयो भने शुक्रबारदेखि दुई दिनसम्म घुम्ने समय मिल्ने भएकाले कम्तीमा ५० लाख आन्तरिक पर्यटक घुम्न निस्किए भने पनि नेपालको पर्यटन व्यवसायलाई सहज हुने उहाँले धारणा राख्नुुभयो ।गोरखापत्रबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट